अपडेट 
२०७७ भाद्र ५, शुक्रबार १६:४८

शुक्रबार, देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा २९२ महिला र ५४६ गरि थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमितहरुमा काठमाडौं १४२ , ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेका छन् । शुक्रबार थप २५० जना डिष्चार्ज भएका छन् भने हालसम्म १८,२१४ जना डिष्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाउनुभयो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । मोरङ, पर्सा बारा, सप्तरी, सर्लाही, काठमाडौं , ललितपुर , चितवन, मकवानपुर, दोलखा र प्युठानका कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

हाल सक्रिय संक्रमितको संख्या १२,१३२ जना रहेका छन् भने क्वारेन्टाइनमा १२,२३४ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News