अपडेट 
२०७७ भाद्र ६, शनिबार १४:११

धनुषाको जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित पीडारी चोकमा रहेको गोरधई पोखरीमा एक युवक शव बरामद भएको हो ।
मृतक सर्लाही घर भई हाल जनकपुरमै डेरा लिइ बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशामा सङ्लग्न रहेको र केही महिनादेखि मानसिक सन्तुलन ठीक नभएकाले उनको उपचार समेत हुँदै आएको बताए ।

मृतकका परिवारजन समेत सम्पर्कमा आइसकेकाले शवको पोष्टमार्टम गरी बुझाउने उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News