अपडेट 
२०७७ भाद्र ७, आईतवार ०७:५७

आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि  देशका  धेरै ठाउँमा पानी पर्नेछ ।

प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेकाे पनि विभागले जनाएको छ । न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ।

Comment


Related News

Latest News

Trending News