अपडेट 
२०७७ भाद्र ८, सोमबार ०९:५७

रौतहट– रौतहट जिल्लको गरुडा नगरपालिका नेकपा एमाले तर्फका प्रत्याशी मेयरका उम्मेदबार शेष करिमुल्लाहले हत्याको मुख्य रचनाकारलाई प्रहरीले पक्राउ नगरेको आरोप लगाएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रत्याशी मेयरका उम्मेदबार शेष करिमुल्लाहले हत्याको मुख्य रचनाकारलाई प्रहरीले पक्राउ नगरेको बताएका हुन् ।
गत साउन ३२ गते जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ का नन्दलाल रामको १७ बर्षिय छोरा निरन्जन रामको घाटि रेटि निर्मम हत्या भएको थियो । अनुसन्धान पश्चात ईलाका प्रहरीले सो घटनामा संलग्न ११ जनालाई पक्राउ गरेका थिए । थप अनुसन्धान गर्दै प्रहरीले ४ जनालाई छोडि ७ जना बिरुद्ध मुद्दा चलाएको थियो । गरुडाको जिगडिया स्थित रहेको सच फलफुल नर्सरीमा बिगत ७ बर्ष देखि काम गर्दै आएका रामको निर्मम हत्या भएपछि प्रहरीले घटनाको छानबीन गरी दोषिलाई कार्वाह गर्नुको सट्टा उल्टै आर्थिक प्रलोभनमा परी सो घटनालाई अन्तै मोड्न खोजेको पिडित पक्षको भनाई रहेको छ । निरन्जन हत्या काण्डको छानबीन गरि पिडितले न्याय पायोस् भन्ने उदेश्यले आईतबार चन्द्रपुरमा पत्रकार सम्मेलन गरिएको निरन्जन हत्या काण्डका जिल्ला संघर्ष समितिका संयोजक सोनेलाल रामले जानकारी दिए ।


११ बर्षिय नाबालिकाको चरित्र हत्या
रौतहटको इलाका प्रहरी कार्यालय गरुडालाई एक नावालिकाको चरित्र हत्या गरेको आरोप लागेको छ । रौतहटको चन्द्रपुमा आइतबार भएको पत्रकार सम्मेलनमा गरुडा नगरपालिकाको वडा नम्बर ८ जिगडियाका एक ११ बर्षिय नाबालिकालाई इलाका प्रहरी कार्यालय गरुडाले ५ घण्टा हिरासतमा राखेर ति नाबालिकाको चरित्र हत्या गरेको निरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले आरोप लगाएका हुन । गत साउन ३२ गते गरुडास्थित जिगडियामा रहेको सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको हत्या भएपछि अनुसन्धानको क्रममा सोही हत्यामा संलग्न रहेको भन्दै ११ बर्षिय नाबालिकालाई पक्राउ गरेको थियो । सो नाबालिकाको मृतकसंग अनैतिक सम्बन्ध रहेको बयान गर्न आफुलाई अनाबश्यक दबाब दिएकोे पत्रकार सम्मेलनमा बताएकी छिन । नाबालिकाले एक महिला प्रहरीसहित ५ जनाले आफुलाई अश्लिल शब्द प्रयोग गर्दै बिभिन्न लान्छना समेत लगाएको बताईन् । हत्या भएको राम र ति नाबालिकासंग अनैतिक सम्बन्ध रहेको र सोही कारणले नाबालिकाको दाजुले हत्या गरेको प्रमाणित गर्न खोजिएको संघर्ष समितिका संयोजक सोनेलाल रामले विज्ञप्तिमा उल्लेख गरेको छ ।


आर्थीक प्रलोभनमा ईप्रका इन्चार्ज
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले आर्थीक प्रलोभनमा लागेर घटनाको मुख्य योजनाकार सच फलफुल नर्सरीका संचालक राजाराम साह बानिया सहितको समुहलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको छ । आईतबार चन्द्रपुरमा पत्रकार सम्म्ेलन गर्दे संघर्ष समितिका संयोजक रामले सो आरोप लगाएका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा ७ जना माथि कर्तब्य ज्यानको मुद्दा चलाएको छ तर पीडित परिबारले भने बास्तबिक पिडकलाई पक्राउ गर्नुको सट्टा निर्दोष ब्यक्तिलाई हत्यामा संलग्न रहेको देखाउन खोजेको आरोप लगाएका छन ।


कुटेर धम्क्याएर हत्यामा संलग्न गराउन खोजियो
निरन्जन राम हत्या काण्ठको अनुसन्धान पछि प्रहरीले पक्राउ गरेको ११ जना मध्य थप अनुसन्धान गरि ४ जनालाई छोडिएपछि जिङगडिया वडा नम्बर ८ का मनोज पासबानले आईतबार चन्द्रपुरमा भएको पत्रकार सम्मेलनमा आफुलाई प्रहरीले हत्यामा संग्लन छु भनेर स्किार्न कुटपिट गरेर धम्क्याएको बताए । सो हत्या काण्डमा आफ्नो कुनै प्रकारको संलग्नता नभएपनि प्रहरीले कुटपिट गरेर स्विकार्न पटक–पटक मनसिक तनाव दिएको पासवानको भनाई रहेको छ ।

Comment


Related News

Latest News

Trending News