अपडेट 
२०७७ भाद्र ९, मंगलवार ०७:४१

आगामी ३ दिन भारी वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको सँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । राती देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार पनि प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र बागमती प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार राति प्रदेश ५ का १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ ।

Comment


Related News

Latest News

Trending News