अपडेट 
२०७७ भाद्र ९, मंगलवार ०७:४७

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा सोमबार साँझ काठमाडौं र धनुषाका एक–एक जना गरी दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।

त्यसैगरी गत साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News