अपडेट 
२०७७ भाद्र १०, बुधबार ०६:२१

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण क्याम्पससँग टाडा भएका आफ्ना सम्पूर्ण विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पसहरुमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच सम्पर्क विच्छेद भएकोले पठनपाठनमा समस्या भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरिएको हो।

कोरोनाको त्रास लामो समयसम्म रह्यो भने वैकल्पिक माध्यमबाट (अनलाइन) पढाइ सञ्चालन गर्दा थुप्रै विद्यार्थी सम्पर्कमा नआएको त्रिविले जनाएको छ। अनलाइन कक्षा सञ्चालन भएका तहमा सम्पर्क गर्न र अहिले पढाइ नभएपनि भविष्यमा पढाइ सञ्चालन गर्नका लागि प्रेस विज्ञप्ति जारी गर्दै त्रिविले यस्तो बताएको छ ।

बैकल्पिक माध्यमबाट पढाइ तथा परीक्षा सञ्चालन गर्दा विद्यार्थीको पहुँच तथा सुविधा कस्तो रहन्छ भन्ने विषयमा पनि त्रिविले विद्यार्थी, अभिभावक तथा सथानीय जनप्रतिनिधिसँग धारणा माग गरेको छ । स्थानीय तहको सम्पर्कमा रहेका विद्यार्थीलाई क्याम्पसको सम्पर्कमा जान खबर गरिदिन पन अनुरोध गरेको छ ।

हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा चार लाख ९२ हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News