अपडेट 
२०७७ भाद्र १०, बुधबार १०:३६

वीरगन्जको कोभिड अस्पतालमा बाराका दुई जना कोरोना संक्रमित व्यक्तिको मंगलबार राति मृत्यु भएको छ ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बाराको विश्रामपुर गाँउपालिका– १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे र कलैया उपमहानगरपालिका–१ का ७० वर्षीय पुरुषको राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।

छतवाका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि दिउँसो वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए । यस्तै कलैयाका पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमित पुरुषको वीरगन्जको गण्डकस्थित अर्को कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News