![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/10875_adobestock_323337524_921330_crop.jpeg)
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर आठ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन् ।