अपडेट 
२०७७ भाद्र ११, बिहीबार १६:०२

सर्लाहीको बरहथवा नगरपालिकामा डुबेर दुई जनाको ज्यान गएको छ ।

आज बिहान बरहथवा नगरपालिका ३ हरजरियाका नविनकुमार महतोकी ३ वर्षीया छोरी पुनमकुमारी र बरहथवा नगरपालिका-९ मुर्तियाका रामबाबु महतोकी १७ वर्षीया छोरी पुनमकुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हजरियाकी तीन वर्षकी बालिका घर नजिकै गाडेको कलको खाल्डोमा डुबेर ज्यान गएको हो भने मुर्तियाकी किशोरीको पोखरीमा कमलको फुल टिप्न जाँदा डुबेर ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

Comment


Related News

Latest News

Trending News