अपडेट 
२०७७ भाद्र ११, बिहीबार १७:५१

धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधाम लगिएको उनको उपचार सुरु भएको २ घण्टामै मृत्यु भएको थियो ।

उनको स्वाब सं‌कलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । झाका अनुसार ती पुरुषमा मधुमेह र क्षयरोगको समस्या पनि थियो । धनुषामा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News