अपडेट 
२०७७ भाद्र ११, बिहीबार १८:५४

हरिवन (सर्लाही), भदौ १० । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदमहरु र अगामी दिनमा प्रदेश सरकारलाई चाल्नु पर्ने कदम बारे सरोकारबालाहरु संग सृुझाव लिन सर्लाहीको हरिवानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला अहिले नरहेको उल्लेख गर्नु भयो ।


उहाँले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकम का साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री हरु पठाएपनि जिल्ला स्थित जिम्मेवारव्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो समेत गर्नु भयो । प्रदेश सरकारले जिल्ला प्रशासन , अस्पताल लगायतलाई रकम उपलब्ध गराएपनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नु भयो् । उहाँले हामीले गर्न सक्ने र हाम्रो क्षमताले भ्याए सम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने समेत बताउनु भयो । उहाँले जनअपेक्षा अनुरुप आठ वटै जिल्लामा पिसिआर संचालनका लागि प्रक्रिया शुरु भई सकेको उल्लेख गर्नु भन्नु भयो,‘ रौतहटमा जडान प्रक्रिया शुरु भै सकेको छ । बाँकी रहेको जिल्लामा समेत १५ दिन भित्र पिसिआर मेसिन संचालनमा आउछ ।
हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशन समेत दिनु भयो ।


कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य सामग्रीको कुनै आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुख हरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको वर्तमान अवस्था र अगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरु बारे आ–आफनो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News