अपडेट 
२०७७ भाद्र १४, आईतवार ०६:००

रौतहटमा १ हप्ताको लागि निषेधाज्ञाको समय थपिएको छ । निषेधाज्ञाको समय आगामी भदौ २१ गते राति सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शनिबार बसेको जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

निषेधाज्ञाको समयमा बिहान ७ देखि १२ बजेसम्म खाद्यान्न पसलहरु खुल्ने र सोही समयमा बैंक तथा वित्तिय संस्थाहरु पनि खोल्न पाउने निर्णय भएको छ । अन्य क्षेत्रको हकमा पूरानै निर्णय भएको यादवले जानकारी दिए । पछिल्ला महिनादेखि रौतहटमा कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिएपछि जिल्लामा निषेधाज्ञाको समय थपिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News