अपडेट 
२०७७ भाद्र १४, आईतवार ०६:०३

आइतबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । आइतबार दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको छ ।

भारतको मध्य प्रदेश आसपासको क्षेत्रमा न्यून चापिय प्रणाली अवस्थित रहेकाले उक्त प्रणाली बिस्तारै पश्चिम उत्तर–पश्चिम दिशातर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ । हाल प्रदेश १ र प्रदेश २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

Comment


Related News

Latest News

Trending News