अपडेट 
२०७७ भाद्र १४, आईतवार ०६:४७

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–२ का ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो ।

लामो समयदेखि ज्वरो आइरहेकी ती महिलालाई उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको हो । ती महिलाले केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलनको रिपोर्ट शनिबार पोजेटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News