अपडेट 
२०७७ भाद्र १४, आईतवार १३:१६

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आज बिहान करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेकाछन् । मोटरको तार जोड्ने क्रममा फतुवाविजयपुर नपा–८ का १६ वर्षीय रवीन्द्र साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका साहलाई उपचारको लागि विजयपुर बजारमा रकेको एक क्लिनिकमा लैजाँदा चिकित्सक भगवत चौधरीले विरामीलाई हेर्न नमानेको स्थानीय श्रीभगवान साहले बताए । पछि थप उपचारका लागि चन्द्रनिगाहपुर लिएर जाने क्रममासाहको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका सई सुरेन्द्र सिंहले जानकारी दिए ।

साहको मृत्युपछि आक्रोशित समुहले फतुवा बिजयपुरका नगर स्वास्थ संयोजक समेत रहेका चौधरीलाई आधा घण्टा घेरेका थिए । घटनाबारे छलफल गर्ने सर्तमा चिकित्सक चौधरीलाई उद्वार गरेको सई सिंहले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News