अपडेट 
२०७७ भाद्र १४, आईतवार १४:४४

रौतहटमा पूर्वमन्त्री विशुन्दर पाश्वानसहित दर्जनौंले आज दोस्रो दिन पनि धर्ना जारी राखेका छन । गरुडा नपा ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु प्रकरणमा दोषी प्रहरीलाई निलम्बन गरि कार्वाही गर्नुपर्ने मागसहित उनीहरुले धर्ना जारी राखेका हुन् । उनीहरुले प्रहरीको यातनाका कारण चमारको ज्यान गएको भन्दै डिएसपी ज्ञानकुमार महतो लगायतलाई निलम्बन गरि कार्वाही गर्न माग गर्दै आएका छन् । पूर्वमन्त्री पासवान हिजोदेखी ईलाका प्रहरी कार्यालय गरुडाको मुलगेटमै धर्नामा बसेका छन् ।

गरुडा नपा ८ जिंगडिया गाउँका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजयरामको वीरगञ्जस्थित  नेशनल मेडिकल कलेजमा उपचारको क्रममा ५ दिनअघि मृत्यु भएको थियो । पीडित परिवारले उनको मृत्यु प्रहरीको कुटपिटबाट भएको भन्दै आन्दोलन गर्दै आएका छन् भने एसपी रविराज खड्काले दुबै किड्नी खराब भएर बिजयको मृत्यु भएको दाबी गरेका छन्  ।

घटनाको छानबिन गर्न गृह मन्त्रालयको निर्देशनमा उपसचिवको संयोजकत्वमा ३ सदस्यीय टोली गठन भएको छ। टोलीले घटनाको स्थलगत छानबिन गरि १५ दिनभित्र प्रतिबेदन बुझाउने रौतहटका सिडिओ ईन्द्रदेव यादवले बताए । ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रमुख डिएसपी ज्ञानकुमार महतो शनिवार प्रदेश कार्यालय तानिएका छन् । 

Comment


Related News

Latest News

Trending News