अपडेट 
२०७७ भाद्र १४, आईतवार १७:२६

रौतहटमा मृत्यु भएको युवकको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ क्षतिपूर्ती दिने घोषणा गरेको छ । कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडाको थूनामा रहेका १९ वर्षीय विजय महराको बुधबार राती वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरेपश्चात उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारलाई धर्यधारण गर्न आग्रह गर्दै दोषीलाई कानून बमोजिम कारवाही हुने प्रतिबद्धता समेत जनाएका छन् । मृतक विजय महराले नै आफ्नो परिवारको भरण पोषण गर्दै आएका थिए । तर, उनको मृत्यु पश्चात अहिले घर परिवारको दैनिकी चलाउन समस्या उत्पन्न भएपछि प्रदेश सरकारले राहत स्वरूप तत्काल ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री यादवले जनाएका छन् ।

गत साउन ३१ गते राती २० रौतहटको वर्षीय निरन्जन रामको घाँटी रेटि हत्या भएको थियो । सोहीे हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका–८ बसविटी जिङ्गडियाका २० वर्षीय अजय कुमार रञ्जन, १९ वर्षीय विवेक कुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र राम, १९ वर्षीय विजय महरासहित सात जनालाई पक्राउ गरेको थियो ।

Comment


Related News

Latest News

Trending News