अपडेट 
२०७७ भाद्र १५, सोमबार ०६:१३

जनकपुरधाम । जानकी फाइनान्स कम्पनी लि.का अध्यक्ष अमरनाथ गुप्ताको मिटरब्याजी धन्धाबाट सर्वसधारणहरुको जग्गा जमिन र सुनचाँदी गुमेकोछ ।

वार्षिक ३६ प्रतिशत ब्याजमा सुनचाँदी धितो राखेर मिटरब्याजमा ऋण दिने गुप्ताले धितो राखेको सुनचाँदीको कुनै प्रमाण दिने गरेकोछैन् ।महिनाको २ गते हुँदापनि पुरा महिनाको ब्याज लिने गरेको पीडितहरु बताउँछन् ।सुनचाँदी पसलमा नै बसेर उनले ऋण दिने र रकम लिने धन्धागर्दै आएकोछ । उनी फाइनान्स कम्पनीको अध्यक्ष भएदेखि ऋण प्रवाहगर्दा कमिसन लिने र ऋण नविकरणमा समेत रकम माग्ने गरेको पीडितले जनाए । नाम सार्वजनिक नगर्ने शर्तमा एकजना ऋणीले भने, कमिसन नदिएकै कारण ऋण नविकरण भएपनि रकम झिक्न दिएको छैन् । जग्गा धितो राखी ऋण लिएका ऋणीहरुको जग्गा लिलामी आफ्ना आसेपासेका नाममा सकारगर्न लगाई ऋणीसित अतिरिक्त रकम असुल्ने गरेकोछ ।गुप्ता अध्यक्ष भएदेखि फाइनान्स कम्पनीको साखमा कमि आएको छ । गुप्ताको नेपाल र भारत दुवै देशको नागरिकता छ ।उनका पिता हरि गुप्ताका लकडाउनको बेला भारतको जयनगरमा मृत्यु भएको थियो ।भारतको जयनगरस्थित घरबाट उनले सुनचाँदीको तस्करी, हुण्डी लगायतको धन्धा चलाउने गरेकोछ । गुप्ता जनकपुरधाममा आएदेखि सुनचाँदीको तस्करीमा सकृय रहँदै आएका छन् ।उनको घर र पसलमा सयौं महिलाको सुनचाँदीको गरगहना बन्धकी राखिएकोछ ।तर बन्धकी राखेर ३६ प्रतिशतमा ऋण लिएका उनीहरुलाइ गहना बन्धकी राखिएको कुनै प्रमाण भने छैन् ।

समाजमा अनैतिक धन्धा गर्ने गुप्ताको कारण जानकी फाइनान्सप्रतिको आकर्षणमा समेत कमि आएकोछ ।उनले जानकी मन्दिरको जग्गा अतिक्रमणगरि होटेल बनाएकोछ ।जनकपुरधाम उपमहानगरपालिकाको मापदण्ड विपरित घर बनाएर जानकी मन्दिरलाई नै पूर्ण रुपमा दक्षिण तर्फबाट छोपिएकोछ । गुप्ताले भारतीय अबैध मुद्राको धन्धा समेतगर्दै आएकोछ ।सीमावर्ती क्षेत्रमा भारतीय मुद्राको अभाव हुँदा कालोबजारी गर्ने गुप्ताको घरमा सय भन्दा बढी व्यक्तिको तमसुक रहेको बताइन्छ ।उनले जग्गा आफ्नै नाउँमा पासगरि ३६ प्रतिशतमा ऋण दिने गरेकोछ । गुप्ताले सिमित समयमा अकुत सम्पत्ती आर्जन गरेकोछ ।उनीमाथि सम्बन्धीत निकायले तत्काल कार्वाहीगरिनु पर्ने माग व्यापक उठन थालेकोछ ।

रोजगारीको क्रममा विदेशमा रहेका मानिसहरुको परिवारलाई दलालमार्फत पसलमा बुलाएर सुनचाँदी धितोमा ऋण दिने गुप्ताको घरमा छापामारी गर्न सम्बन्धित निकायहरुलाई पीडितहरुले ध्यानाकर्षण गराएका छन् ।

Comment


Related News

Latest News

Trending News