अपडेट 
२०७७ भाद्र १५, सोमबार ०६:४६

घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

म्यानचेस्टरमा गएराति  भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।  ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।  इङ्ग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्ग खेले । 

त्यसबाहेक इङ्ग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । 

दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्ग्ल्यान्डले १-० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।

Comment


Related News

Latest News

Trending News