अपडेट 
२०७७ भाद्र १५, सोमबार १४:४९

सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ ।  चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News