अपडेट 
२०७७ भाद्र १५, सोमबार १५:०९

वीरगन्ज | सशस्त्र प्रहरीले आइतबार राती १ सय ८० केजी गाँजा सहित एक गाडिलाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा शस्त्र प्रहरी बेसक्याम्प कोल्हबीबाट खटेएको टोलीले उक्त मात्राको गाजा पक्राउ गरेको हो । बाराको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्ना स्थित सिम्रौनगढ जाने बाटोमा चेक जांच गर्दा गाडीमा प्याक गरेर लैजान लागेको १८० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ ।यस बिषयमा डिआइजी ब्रम्हचार्यले आफुलाई सूचना आउना साथ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटाएको विशेष टोलिले गाडिलाइ पन्छ्याउदै जादा ठुलोमात्रामा गाजा लोठगरेको नेपाली गाडी नियन्त्रणमा लिन सफल भएको बताए ।


जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो ।गाजासहित गाडी सिमा नाका भारत तिर लगिरहेको अवस्थामा प्रहरिलाइ देखेपछी गाडी छोडेर गाजा तस्करहरु भागेको प्रहरीको दाबी छ । पक्राउ परेको उक्त गाडी र गाजा जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको सशस्त्र प्रहरी बेशक्याम्प कोल्हबिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News