अपडेट 
२०७७ भाद्र १६, मंगलवार ०७:१०

कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले कक्षा १२ का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ । विद्यार्थीलाई नजिकको विद्यालय या आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उहाँले परीक्षाको वैधतामा प्रश्नचिह्न उठन थालेकोले यसमा विचार गर्नुपर्ने बताउनुभयो । सरोकारवालाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नभएको स्थानीय तहमा कक्षा १२ को परीक्षा गर्न सुझाव दिएका छन् । यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाइएको छ । परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा बनाइएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News