अपडेट 
२०७७ भाद्र १६, मंगलवार १६:४६

सप्तरी कृषि मलको अभावमा किसान समस्यामा परेको बेला मलको कालोबजारी गर्ने र कृतिम अभाव सृजना गरेको आरोपमा दुई व्यवसायी पक्राउ परेका छन् ।


पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् । मलको कृतिम अभाव सृजना गरि दोब्बर मुल्यमा बिक्रि गरिरहेको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।


उनीहरुको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ । असई चौधरीले मलको कृतिम अभाव सृजना गर्नुका साथै किसानसाग दोब्बर मुल्यमा मलखाद बिक्रि बितरण गरिरहेको गुनासो आएपछि छापा मारि दुबै जना संचालकलाई नियन्त्रणमा लिएको बताए । १७ रुँपैया प्रति केजी पर्ने मल ४० रुँपैयामा बिक्रि गरेको प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिनुका साथै गोदाम सील गरि थप अनुसन्धान भइरहेको असई चौधरीले जानकारी दिए । माँग अनुसारको डिपिए, युरिया, पोटास लगायतका रसायनिक मल उपलब्ध नहुँदा लक्ष्य अनुसार उत्पादन नहुने चिन्तामा डुबेका बेला दोब्बर मुल्य असुल्ने र कालो बजारी गर्नेहरुमाथी कडा कारवाही हुनुपर्ने स्थानिय किसानहरुले माँग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News