अपडेट 
२०७७ भाद्र १७, बुधबार ०६:१९

जनकपुरधाम । लकडाउनकै बेला सरकारले पेट्रोलको मूल्य मंगलवारदेखि बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरको १०५ रुपैया ५०पैसा जनकपुर क्षेत्रमा कायम भएकोछ ।जनकपुर डिजेल सेन्टरका सञ्चालक किसुनदेव साहले जनाए अनुसार पेट्रोलको बृद्धि भएको मुल्य १२बजे रातीपछि लागु भएकोछ । निगमका अनुसार काठमाण्डुमा प्रति लिटर पेट्रोलको मुल्य अब १०७ रुपैया काम भएकोछ । डिजेल, मटितेल, हवाइइन्धन र खाना पकाउने ग्यासको मूल्य समायोजन नभएको निगमले जनाएकोछ । १ सेप्टेम्बरमा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले मुल्य बृद्धि भएर आए अनुसार नै समायोजन गरिएको जनाए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।तर, अहिले भने निषेधाज्ञा जारी रहेको बेलापनि भारतबाट मूल्य बढेर आएको दिनमै मूल्यबढाउने निर्णय भएको छ । निगमले जनाए अनुसार भारतीय सीमावर्ती बजारमा रहेको मुल्य भन्दा नेपाली सीमावर्ती बजारमा रहेको पेट्रेल र डिजेलको मुल्य निकै कम छ । निगमका प्रवक्ता उपाध्यायले दावी गरे अनुसार भारतीय सीमावर्ती बजारमा पेट्रोलको मुल्य नेपालको भन्दा प्रति लिटर ३२।२६ पैसा र डिजेलको मुल्य प्रति लिटर ३६।७५ पैसा महँगो रहेकोछ ।

हाल नेपाल र भारतको सीमा सिल गरिएकोछ ।भारतीय सवारी साधन नेपाल र नेपाली सवारी साधन भारत तर्फ कमै मात्र जाने गरेकोछ ।मुल्यबृद्धिले नेपालीहरु भने मारमा परेका छन् ।

Comment


Related News

Latest News

Trending News