अपडेट 
२०७७ भाद्र १७, बुधबार १५:०३

वीर अस्पताल काठमान्डुमा सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा। अच्युतले कार्की बताए ।

झुण्डिएर आत्महत्या प्रयास गरेका ती युवकलाई भदौ १० गते थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । उनी सर्लाही निवासी हुन् । संयोजक डा। कार्कीले भने–‘ट्राभल हिस्ट्री भएका कारण हामीले कोरोना परीक्षण गरेका थियौं । हिजो मात्रै पोजेटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।’

मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News