अपडेट 
२०७७ भाद्र १८, बिहीबार ०६:२३

भारतमा गएको २४ घण्टामा ८२ हजार आठ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

कोरोना सङ्क्रमण फैलने क्रम तीव्र रहेको भारतमा २४ घण्टामै ८२ हजार आठ सय ६० जनामा कोरोना पुष्टि हुनुको साथै एक हजार २६ जनाको ज्यान गएको हो ।  कोरोनाबाट विश्वकै तेश्रो प्रभावित देशमध्ये रहेको भारतमा अहिलेसम्म ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण भएको छ भने ६७ हजार चार सय ८६ जनाको ज्यान गएको छ । 

२९ लाख ६७ हजारभन्दा धेरै निको भएका छन् । यस्तै ब्राजिलमा सङ्क्रमितको संख्या ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सयभन्दा धेरै सङ्क्रमित थपिएसँगै ब्राजिलमा सङ्क्रमितको संख्या ४० लाख एक हजारभन्दा धेरै भएको हो । 

विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ८१ हजार सात सयभन्दा धेरै सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको संख्या दुई करोड ६१ लाख ७३ हजारभन्दा धेरै भएको छ । आठ लाख ६६ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ८४ लाख २४ हजारभन्दा धेरै निको भएका छन् ।

Comment


Related News

Latest News

Trending News