अपडेट 
२०७७ भाद्र १८, बिहीबार १६:१९

वीरगञ्जमा प्लाज्मा दान केन्द्र स्थापना गरिएको छ । वीरगञ्जको नेपाल चिकित्सक संघको कार्यलयमा बिहीबार प्लाज्मा दान कार्यक्रम सम्पन्न गरिएको हो ।

दान केन्द्रमा कोरोना संक्रमण भाइरसमुक्त भएकाहरुले प्लाज्मा दान गरेका छन् । कोरोना संक्रमितहरुको उपचारमा एकदमै प्रभावकारी देखिएको प्लाज्मा थरेपिबाट पछिल्लो केही दिनदेखि वीरगञ्जमा समेत उपचार शुरु भएको छ । नागरिक सरोकार समाज पर्सा र नारायणी अस्पताल प्लाज्मा स्टडी ग्रुपको आयोजनामा गरिएको कार्यक्रममा केही दिन अगाडि कोरोना भाइरस जितेर पाँच जनाले रक्तदान गरेका थिए । उनीहरूले दिएको रक्तबाट प्लाज्मालाई निकालेर कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गरिनेछ ।

केही दिनदेखि नेपालमा पनि यो विधिबाट उपचार भइरहेका बेला वीरगञ्जमा पनि शुरु गरेको छ । एउटा व्यक्तिको प्लाजमाबाट तीन व्यक्तिसम्मको उपचार गर्न मिल्ने डा.उदय नारायण सिंहले बताउनुभएको छ । प्लाज्मा थरेपिबाट उपचार गर्दा ताजा रगत चाहिन्छ । कोरोना महामारीमा रगतको पनि चापले रगत पाउन समस्या भएकाले प्लाज्मा दान शुरु गरेको बताइएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाको सहकार्य र नेपाली रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य संघको सहयोगमा गरिएको कार्यक्रम नेपाल चिकित्सक संघ पर्सा शाखाको सभा हलमा गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News