अपडेट 
२०७७ भाद्र १९, शुक्रबार १५:१५

विश्वभर कोरोना भाइरस संक्रमणबाट आठ लाख ७३ हजार भन्दाबढी मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्ममा विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख ७३ हजार दुई सय ८५ पुगेको हो ।

हालसम्म विश्वमा दुई करोड ६४ लाख ७५ हजार पाँच सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एक करोड ८६ लाख ६५ हजार सात सय ३७ जना निको भइसकेको संगठनले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ६९ लाख ३६ हजार पाँच सय ४६ रहेको छ । विश्वमा हाल संक्रिय संक्रमितमध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । संक्रमितमध्ये ३५ लाख ७५ हजार ९६ जना निको भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरसमुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ । भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News