अपडेट 
२०७७ भाद्र १९, शुक्रबार १५:५०

राजविराजस्थित सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना प्रहरी तथा ६ जना कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट शुक्रबार दिउँसो प्राप्त परिक्षण रिपोर्टले कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी र ६ जना कैदीबन्दी गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेको सो कारागारमा संक्रमण फैलिएको खबरसँगै खैलाबैला मचेको छ । कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार केही दिन यता ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएकाहरुको पिसिआर परिक्षण गराउँदा शुक्रबार प्राप्त रिपोर्टले ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । एक सय २५ जना क्षमता रहेका कारागारमा हाल कोचाकोच गरि १५ महिलासहित ३ सय ३३ जना कैदीबन्दी राखिएको छ । जसकारण कोरोनाको जोखीम अझै बढेको छ भने कैदीबन्दीमा त्रास फैलिएको छ ।

जेलर रामले संक्रमण पुष्टि भएका सबै पुरुष कैदीबन्दी रहेको जानकारी दिँदै उनीहरुलाई छुटै कोठामा राखी उपचार व्यवस्था मिलाउने पहल थालेको बताए । कारागार भित्र कसरी कोरोना संक्रमण फैलिएको भन्ने जिज्ञासाको जवाफमा उनले भने, “भेटघाटमा समेत कडाइ गरेका थियौं, कसरी फैलियो बुझिनसक्नु भएको छ ।”यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले संक्रमित कैदीबन्दीको छुटै व्यबस्थापनका साथै कारागार भित्र रहेका अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्ने तयारी भइरहेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News