अपडेट 
२०७७ भाद्र १९, शुक्रबार १६:३५

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार ६ सय ३८ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार तीन सय ५९ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे ।  यस्तै गएको २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको छ ।  

अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Comment


Related News