अपडेट 
२०७७ भाद्र २०, शनिबार ०६:०२

हाल मनसुनको न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ ।

हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आशिंक बदली रहनुका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका १–२ स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर सामान्यतया बदली रहि थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै शनिवार राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ तथा सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News