अपडेट 
२०७७ भाद्र २०, शनिबार ०८:४४

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।

बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले बताए ।

Comment


Related News