अपडेट 
२०७७ भाद्र २०, शनिबार ११:५०

सिरहा प्रहरीले मिर्चैया नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । नगरपालिकाको वडा नम्बर ५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित शुक्रबार राति पक्राउ गरिएको हो ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डलको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको छ । पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News