अपडेट 
२०७७ भाद्र २०, शनिबार १६:३१

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

महिला ३४९  र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको उनले बताए । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।  संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । 


कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ। यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ । 

Comment


Related News