अपडेट 
२०७७ भाद्र २१, आईतवार ०६:०४

हाल मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News