अपडेट 
२०७७ भाद्र २२, सोमबार ०६:१५

बागमती प्रदेशसहित देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे जल तथा माैसम पूर्वनुमान महाशाखाले जनाएकाे छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको छ । हाल प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै, केही दिन यता प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले बताएकाे छ ।

प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेकाे छ ।

Comment


Related News

Latest News

Trending News