अपडेट 
२०७७ भाद्र २२, सोमबार ०७:४७

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

आइतबार राति ८ बजेर ३० मिनेटमा नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटु रोगको समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या ७ पुगेको छ ।

Comment


Related News