अपडेट 
२०७७ भाद्र २२, सोमबार ०८:५७

कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ ।

प्रदेश ५ का झण्डै एक सय जनामा आयुर्वेदिक औषधिको परीक्षणको लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।

परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने डा. ज्ञवालीले बताउनुभयो । 

जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने उहाँले बताउनुभयो । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उहाँले जानकारी दिनुभयो । तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने उहाँले बताउनुभयो । यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News