अपडेट 
२०७७ भाद्र २२, सोमबार १०:५३

धनुषामा उपचाररक्त सिरहाका ६२ वर्षीय एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको आइतबार राति ८ बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

मृतक पुरुष मधुमेह र निमोनियाबाट ग्रसित थिए ।

Comment


Related News

Latest News

Trending News