अपडेट 
२०७७ भाद्र २३, मंगलवार ०६:३२

बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।

उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् । 

तर फेरी एक वर्ष क्लबमा नै बस्ने निर्णय गरेपछि कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग प्रशिक्षण गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News