अपडेट 
२०७७ भाद्र २३, मंगलवार १६:०८

भारतले अत्याधुनिक मिसाइल हाइपरसोनिकको सफल परीक्षण गरेको छ । अमेरिका, रुस र चीनपछि यस्तो मिसाइल तयार गर्नेभारत चौथो देश हो ।


यो मिसाइल आवाजको तिव्रताभन्दा पनि धेरै गुणा चाडो तोकिएको ठाउँमा पुुग्न सक्छ । भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा यस्तो मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो । रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी छ । यस बारे रक्षामन्त्रालयले आफ्नो वेवसाइटमार्फत २४ सेकेन्ड लामो भिडियो पनि रिलिज गरेको छ ।

 विद्यमान आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा मिसिएको हो । यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा यो हतियार परीक्षण गरेका थिए । त्यस्तै, गत मार्चमा अमेरिकाले यस्तो मिसाइल प्रोटोटाइप सफलतापूर्वक परीक्षण भएको जानकारी दिएको थियो । चीन र भारतबीच सीमा समस्याका कारण सैन्य विवाद बढिरहेका बेला यो मिसाइलको परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैपटकको छलफल र वार्ताका बाबजुद दुुई एशियाली देशबीच पटक–पटक सीमामा विवाद देखिने गरेको छ । र, पछिल्लो केही महिना तनाव उच्च छ ।

Comment


Related News

Latest News

Trending News