अपडेट 
२०७७ भाद्र २५, बिहीबार ०९:३५

सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार  कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि गरेको हो । 

कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दीमध्ये सबै पुरुष  रहेको छ चोहर्वास्थित शेरगन नेपाली सेनाका सातजना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए । कैदीबन्दीमा कोरोना पुष्टि भएको जिल्ला कारागारमा कैदीबन्दीमा त्रास फैलिएको जिल्ला कारागाका सिरहाकी प्रमुख बबिता महतोले जनाएकी छिन् ।  

जेलर महतोकाअनुसार  कोरोना पुष्टिको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको  आइसोलेसन माराखेको जनाएकी छिन् । सिराहा कारागारमा रहेका पाँचसय ९४ जना कैदी बन्दीमध्ये ८० जनाको  पीसीआर जाँच गराउदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जस्मा ३४जना कैदी र २५जना थुनुवा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News