अपडेट 
२०७७ भाद्र २७, शनिबार १९:०७

सरकारले कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ । कार्यक्रममार्फत कम्तीमा दुई लाखका लागि एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएको बजेटमा थपका लागि समेत गृहकार्य शुरू गरेकाे हाे ।

चालू आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिने जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । श्रम मन्त्रालयले विदेश जाँदा ऋण गरेर गएको व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किएको १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिको पहिचान गरी श्रम मूलक कार्यमा लगाई सय दिनको रोजगारी दिने जनाएको छ ।

मन्त्रालयले रोजगारीमा सहभागी भएका व्यक्तिले प्रतिदिन ५ सय १७ रुपियाँका दरले ज्याला प्राप्त गर्ने जनाएको छ् । यस कार्यक्रम मार्फत आर्थिक वर्ष २०७६/७७ मा ८२ हजार ६ सय ३८ बेरोजगार व्यक्तिले १३ लाख २७ हजार ६ सय ५९ दिनको रोजगारी प्राप्त गरेका छन् । ती रोजगार प्राप्त गरेका व्यक्तिबाट सो अवधिमा चार हजार ५ सय ७९ आयोजना सम्पन्न भएका छन् ।

Comment


Related News

Latest News

Trending News