अपडेट 
२०७७ भाद्र २८, आईतवार ११:१६

हिमाली क्षेत्रमा सीमारेखा नाघेर चीनतर्फ पुगेपछि कब्जामा लिएको भनिएका पाँच भारतीय नागरिकलाई छाडिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ। चीनसँगको सीमावर्ती राज्य अरुणाचलका ती पाँच युवा यसै महिनाको सुरुदेखि बेपत्ता थिए। भारतले ती युवा सिकारी भएको र उनीहरू झुक्किएर चिनियाँ भूमिमा प्रवेश गरेको जनाएको छ। तर उनीहरू मुक्त भएको विषय चीनले पुष्टि गरेको छैन। जुन महिनामा भारत र चीनबीच विवादित भूमिबारे द्वन्द्वको अवस्था सिर्जना भएको छ।

शनिबार एउटा विज्ञप्ति जारी गर्दै भारतीय सेनाका एक प्रवक्ताले अरुणाचल प्रदेशका पाँच युवक सिकार गर्दैगर्दा थाहै नपाईकन सीमापारि पुगेको जनाएका थिए। ती प्रवक्ताका अनुसार दुई देशबीचको लामो र सङ्केतरहित सीमा भएकाले त्यसो हुनु असामान्य घटना होइन।

चीनको कुनै औपचारिक भनाइ नआए पनि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले एक गोप्य सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त समूह सिकारीको भेषमा रहेका जासुसहरू भएको दाबी गरेको थियो। उक्त स्रोतका अनुसार ती युवाले नियोजित रूपमा सीमा पार गरेका कारण चिनियाँ सेनाले उनीहरूलाई नियन्त्रणमा लिएर सचेत र शिक्षित गराइएको उल्लेख छ।

उक्त समूह चिनियाँ नियन्त्रणमा परेको समाचारसँगै गत साताको सुरुमा भारतीय सेनाले एउटा सैन्य हटलाइन सेवा सुरु गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआन त्यसबेला उक्त घटनाको कुनै विवरण दिएनन्। तर उनले कथित अरुणाचल प्रदेशलाई आफूहरूले कहिल्यै मान्यता नदिएको र त्यो दक्षिणी तिब्बतमा पर्ने बताए।

Comment


Related News

Latest News

Trending News