अपडेट 
२०७७ भाद्र २८, आईतवार १६:३३

बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । बितको २४ घन्टामा पीसीआर ९ हजार १८५ जनाको भएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । 

यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ । 

Comment


Related News

Latest News

Trending News