२०७७ भाद्र २८, आईतवार १७:०२

कोरोना महामारीका कारण सिमित कामकाज मात्र गर्दै आएको जिल्ला अदालत धनुषाले असोज १ गतेदेखि सबै कामकारवाही गर्ने निर्णय गरेको छ ।

आज (आइतवार) अदालतका नियमित कामकाज सुरक्षित तथा सहज रुपमा प्रवाह गर्ने सम्बन्धमा बसेको बैठकले असोज १ गतेदेखि आफ्नो सेवा प्रवाह गर्ने निर्णय गरेको शाखा अधिकृत गंगा कुमार मिश्रले जानकारी दिए ।

असोज १ गतेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार पर्ने निवेदनको सुनुवाई, बालसुधार गृहमा रहेका बालबालिका अभिभावकले जिम्मा लिने सम्बन्धि निवेदन उपरको सुनुवाई, जरुरी पक्राउ पुर्जीको समर्थन तथा पक्राउ पुर्जी जारी गर्ने अनुमतीसम्बन्धी कार्यहरु लगायतका सेवाहरु पुनः सञ्चालनमा ल्याउन जिल्ला अदालत धनुषाले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News