अपडेट 
२०७७ भाद्र २९, सोमबार ०६:३६

साेमबार केही प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले देशभर मध्यम तथा हल्का वर्षा हुने तथा केही प्रदेशमा भारी वर्षा हुनसक्ने बताएकाे हाे ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News