अपडेट 
२०७७ भाद्र २९, सोमबार ०६:४१

बाह्रविसे नगरपालिका ७ को स्थानीय भिरखर्कमा आएको पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर २० बेपत्ता भएका छन् । पहिरोले भिरखर्क र घुम्थाङको नागपुजेको बस्ती नै बगाएको थियो ।

आइतबार बिहान २ बजेको समयमा भिरखर्कबाट आएको पहिरोले भिरखर्क र नागपुजेका कम्तीमा २५ घर पुरेको छ । घर पुर्दा घरमा सुतीरहेका स्थानीयलाई पहिरोको पहिलो झमटमा नै पुरेको वडा अध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी दिए । ‘बिहान साढे २ बजे दुई पटक ठुलो आवजमा चट्याङ आएपछि विद्युत आपुर्ती बन्द भएको थियो ।

पहिरोले पुर्दा घुम्थाङको दलीत बस्ती, नेवार बस्ती, शेर्पा र श्रेष्ठ बस्तीका घरहरु पुरीएका वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । पहिरोले पुर्दा बाह्रविसे नगरपालिका ७ घुम्थाङ की वर्ष ६८ की भक्तिमाया श्रेष्ठ, ल्याक्सी शेर्पा, धनलाल नेवार, शुकलाल विक, जुनु विक, सन्देश विक, ज्ञानीमाया श्रेष्ठ, सर्कीनी श्रेष्ठ, हिरामाया श्रेष्ठ, सरस्वती विक र करण श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

पहिरोले पुरीएर सोही वडाका करण श्रेष्ठ, रिता श्रेष्ठ,डानिअत श्रेष्ठ,नादन श्रेष्ठ, अमृत श्रेष्ठ,मनिस श्रेष्ठ,स्वविना श्रेष्ठ, रियासु शिवभत्ती, दुइ महिनाको नाम थाहा नभएको बालक वेपत्ता भएका छन् । त्यसैगरी पदमकुमारी श्रेष्ठ,नाम नखुलेको चिनीमाया भन्ने महिला,लाल बहादुर श्रेष्ठ,लाल बहादुर श्रेष्ठ, उनको श्रीमती, एक छोरा र एक छोरी पहिरोमा परेर बेपत्ता भएका छन् । बेपत्ता भएका अरु केही को अझै नाम नखुलेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले स्थानीय भिरखर्कको तिन,नागपुजेका १६ र नेवार बस्तीको एक जना वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा ६ महिला, ३ पुरुष र एक बालक र एक बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोले बच्छलादेवी माविमा समेत क्षति पु(याएको छ । स्थानीयको सयौ रोपनी जग्गामा समेत पहिरोले क्षती बनाएको छ ।

पहिरोले बस्ती नै बगाएपछि प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटा, वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल प्रदेश सासंद सरेश नेपाल, पुर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटालगायतका राजनीतिक दलका नेता र जनप्रतिनिधि घटनास्थलमा पुगेर उद्धार र खोजीमा जुटेका थिए ।

बाह्रविसे नगरपालिकाले मृतकहरुको परम्पराअनुसार काज किरीयाका लागि तत्काल १ लाख रुपैयाँ सहयोग गर्ने र घाइतेहरुको सबै उपचार नगरपालिकाले गर्ने बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News