अपडेट 
२०७७ भाद्र २९, सोमबार १०:३२

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

हिजो एकैदिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।  पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा सङ्क्रमित थपिएका हुन् । भारतमा हिजो एकैदिन ९४ हजारभन्दा धेरै, अमेरिकामा ४५ हजारभन्दा धेरै तथा ब्राजिलमा ४३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संगठनका अनुसार  कुल सङ्क्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजारभन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ लाख १७ हजारभन्दा धेरै पुगेको छ ।

Comment


Related News

Latest News

Trending News